Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीबाट लुटिएको हतियार झाडीमा फेला

प्रहरीबाट लुटिएको हतियार झाडीमा फेला

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोल नजिकको तोरीबारीबाट बुधवार इन्सास हतियार फेला परेको छ।

बुधबार साँझ सिमल र तरुलको झाडीभित्र वेवारिसे अवस्थामा भेटिएको उक्त हतियार नेपाली सेनाको प्रयोगमा आउने इन्सास राइफल ९नं. ०३११००८७२० भएको प्रहरीले जनाएको छ।

हतियारसँगै त्यसको म्याग्जिन १ थान, १९ राउण्ड सावुत र २ राउण्ड बेसावुत गोली पनि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए।

फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो ।

इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले बताए । बरामद गरिएको हतियारलाई प्रहरीले बरामद गरेर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ।

जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए । तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ । जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077