Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएको ३०३ मार्क–३ राइफल फेला

जेनजी आन्दोलनमा लुटिएको ३०३ मार्क–३ राइफल फेला

आइतवार , आश्विन २६, २०८२

झापा । झापाको दमक नगरपालिका-५ धनेश्वर मन्दिर नजिक बेवारिसे अवस्थामा ३०३ मार्क राइफल फेला परेको छ।

स्थानीयवासीले आज बिहान राइफल फेला परेको बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।

झापा प्रहरीले उक्त हतियार जाँच गर्दा गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ मार्क–३ राइफल भएको पुष्टि भएको छ।

म्यागजिनसहित बरामद गरिएको उक्त हतियारलाई प्रहरीले फिर्ता लिएर इप्रका दमकमा सुरक्षित राखेको जनाएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान सुरु थालेको जनाएइको छ।

यस्तै शुक्रबार साँझ झापाको कमल गाउँपालिका-७, रंगपुरका ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको झ्याङमा सेतो बोरामा ५५ राउण्ड एसएलआरको गोली फेला पारेका थिए।

त्यसपछि शनिबार बिहान उनले इलाका प्रहरी कार्यालय दमकमा बोरामा रहेको ५५ राउण्ड एसएलआरको ७.६२ एमएम गोली बुझाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077