Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरबाट राइफल, गोली र हतियारसहित एक जना पक्राउ

भक्तपुरबाट राइफल, गोली र हतियारसहित एक जना पक्राउ

मंगलवार , फाल्गुण १९, २०८२

भक्तपुर। जिल्लाको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईं रहेका छन् ।

सेढाईंलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भक्तपुरस्थित आफ्नै कोठाबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार, उनको कोठाबाट राइफलसहित ,४ वटा एसएलआरको गोली, प्लास्टिक राउन्ड २, सर्ट गनमा लाग्ने राउन्ड १ वटा, एक थान खुकुरी तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ । 

उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

हाल सेढाईंलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077