Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बोरामा लुकाएर राखेको अवस्थामा ५५ राउन्ड गोली बरामद

बोरामा लुकाएर राखेको अवस्थामा ५५ राउन्ड गोली बरामद

शनिवार , आश्विन २५, २०८२

झापा । झापामा स्थानीयले केराको झ्याङमा लुकाएर राखेको अवस्थामा गोली फेला पारेका छन्।

शुक्रबार साँझ ७ बजे तिर झापाको कमल गाउँपालिका-७, रंगपुरका ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्दै गर्दा एउटा सेतो बोरामा गोली फेला पारेका थिए।

त्यसपछि शनिबार बिहान उनले इलाका प्रहरी कार्यालय दमकमा गोली फेला परेको बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बोरामा रहेको ५५ राउण्ड एसएलआरको ७.६२ एमएम गोली प्रहरीलाई पाण्डेले बुझाएका हुन्।

यस विषयमा प्रहरीले अनुसन्धान सुरु थालेको जनाएइको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077