Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

केन्द्रको निर्देशनपछि बागमती सरकारबाट बाहिरिँदै एमाले

केन्द्रको निर्देशनपछि बागमती सरकारबाट बाहिरिँदै एमाले

शनिवार , श्रावण २, २०८३

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ।

कांग्रेसले सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि केन्द्रको निर्देशनअनुसार एमालेले सरकार छाड्ने निर्णय गरेको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकिएको जानकारी दिए।

हाल मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती सरकारमा एमालेका ६ जना मन्त्री छन्। 

जसमा कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन् ।

प्रदेश सरकारले हालै १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गरेपछि एमालेका तीन जना मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् भने तीन जना बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन्।

एमालेले अब आफ्ना सबै मन्त्रीको राजीनामासँगै बागमती प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिने तयारी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077