Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कञ्चनपुरमा, मधेसबाहेक अन्य प्रदेशमा जारी

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कञ्चनपुरमा, मधेसबाहेक अन्य प्रदेशमा जारी

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । पछिल्लो २४ घण्टामा कोसी प्रदेशदेखि सुदूरपश्चिमसम्म देशका विभिन्न स्थानमा वर्षा भएको छ । 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो १.०५ बजे जारी गरेको सूचना अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरमा भएको छ ।

यो अवधिमा कञ्चनपुरको हनुमाननगरमा १४७.४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार यो धेरै भारी वर्षा हो। २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै पानी परेमा त्यसलाई धेरै भारी वर्षा भनिन्छ। 

हाल मधेसबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यद्यपी आज र भोलि मनसुनी गतिविधि बढ्ने महाशाखाको पूर्वानुमान छ । 

'कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ,' महाशाखाद्धारा जारी सूचना भनिएको छ ।

त्यसैले महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सुरक्षित रहन र आवश्यक सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077