Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

अब देशैभर कालो सिसा भएका गाडी चलाउन नपाइने

अब देशैभर कालो सिसा भएका गाडी चलाउन नपाइने

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । सवारीसाधनमा जडान गरिएका कालो सिसाविरुद्ध नेपाल प्रहरीले देशव्यापी अभियान सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका ट्राफिक तथा राजमार्ग सुरक्षा कार्यालयलाई सार्वजनिक र निजी दुवै सवारीमा प्रयोग भएका कालो सिसा हटाउन निर्देशन जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले मंगलबार सातै प्रदेशका सम्बन्धित कार्यालय तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न सर्कुलर पठाएको जनाएको छ ।

प्रहरीका अनुसार कालो सिसाका कारण अपराध अनुसन्धान, सुरक्षा निगरानी तथा ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएपछि देशभर एकरूप रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

यसअघि काठमाडौं उपत्यकामा सुरु भएको अभियानअन्तर्गत असार १५ गते गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सवारीसाधनबाट समेत कालो सिसाका स्टिकर हटाइएको थियो।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रयोग गर्ने सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको छ। मन्त्रालयका कर्मचारीहरूले नै गाडीमा जडान गरिएको स्टिकर हटाएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसा हटाउने अभियान सुरु गरेको थियो।

हाल स्टिकर हटाउने कार्यलाई प्राथमिकता दिइएको छ भने कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीका हकमा सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077