काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी लुम्बिनी प्रदेशस्तरमा वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३’ का अवसरमा एसपी जिसीलाई ‘बेस्ट इन्भेस्टिकेसन सोकेस’मा उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेबापत सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयले यस वर्ष पहिलो पटक सञ्चालन गरेको ‘बेस्ट इन्भेस्टिकेसन सोकेस’ कार्यक्रममा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूले आफ्नो जिल्लामा सम्पन्न भएका उत्कृष्ट अनुसन्धानका विवरण प्रस्तुत गरेका थिए।
प्रतिस्पर्धात्मक मूल्यांकनपछि बाँकेका एसपी जिसीको अनुसन्धान कार्य सबैभन्दा उत्कृष्ट ठहरिएको हो। उत्कृष्ट घोषित भएपछि उनलाई पुरस्कारसहित सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।