Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसपी अंगुर जिसी कार्यसम्पादनमा देशभरकै सर्वोत्कृष्ट प्रहरी

एसपी अंगुर जिसी कार्यसम्पादनमा देशभरकै सर्वोत्कृष्ट प्रहरी

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट भएका छन् ।

प्रहरी संगठनको विभागीय नीति तथा निर्देशनलाई आत्मसात गर्दै अनुशासित, लगनशील, इमानदार, व्यवसायिक र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा एसपी जिसीलाई नेपाल प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हालेपछि जिल्लामा शान्ति-सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध अनुसन्धानमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनी पुरस्कृत हुने प्रहरी अधिकृतको सूचीमा पर्न सफल भएका हुन्।

२०५४/१२/१६ असईबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१/२/१५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका थिए ।

जिसी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा कञ्चनपुरकी निर्मला पन्तको बलत्कारपछि हत्या प्रकरणको समेत अनुसन्धान गरेका थिए । 

साथै एसपी जिसीले आफू पुरस्कृत हुनु थप जिम्मेवारीको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा पनि आमनागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077