Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित

डीएसपी प्रकाश श्रीमल सर्वोत्कृष्ट प्रहरी घोषित

मंगलवार , पौष ८, २०८२

काठमाडौं । प्रहरी बृत्त गौशालामा कार्यरत प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमल मंसिर महिनाको 'सर्वोत्कृष्ट प्रहरी' घोषित भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्य निष्ठ एवं अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै डीएसपी श्रीमललाई 'पुलिस अफ द मन्थ' घोषणा गरेको हो ।

उनलाई प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रशंसापत्र प्रदान गरे । प्रशंसापत्रमा भनिएको छ, 'सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा तपाइले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८२ साल मंसिर महिनाको पुलिस अफ द मन्थ को रूपमा यो प्रशंसा-पत्र प्रदान गरिएको छ ।'

साथै आगामी दिनमा काठमाडौं जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुऱ्याउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077