काठमाडौं । ललितपुरको सानेपाबाट आवश्यक कागजपत्रबिनै ठूलो परिमाणमा कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेको अवस्थामा सशस्त्र प्रहरीले १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले ती ट्रक नियन्त्रणमा लिएको हो ।
आवश्यक कागजातबिना कबाडी सामग्री ओसारपसार भइरहेको सूचनापछि विशेष निगरानी गरी ट्रकहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा परेका ट्रकहरूको नम्बर प्र २–०३–००१ ख ४७३८, लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९ तथा ना ६ ख ५६१ रहेका छन् ।
ती ट्रकहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा बुझाउने तयारी गरिएको छ ।