Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

साढे ३६ लाखको मेडिकल सामग्री लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको छ ।

बिल बिजकभन्दा साढे ३६ लाख भन्दा बढीको सामानहरू लोड रहेको ना.६ ख ३५१६ नम्बरको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेडिकल सामग्री तथा खुद्रा सामानहरू बोकेको सूचनाको आधारमा खटेका प्रहरी टोलीले उक्त मालवाहक ट्रकलाई रोकी जाँच गर्दा बिल बिजकभन्दा बढी सामानहरू लोड रहेको पाइएको थियो ।

बरामद गरिएको सामानहरूको ३६ लाख ६० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077