Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

करिब १ करोड ३९ लाख मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ बाट भन्सार छलिको सामान बोकेको ट्रक नियन्त्रणमा लिइएको छ ।

बिओपी बीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैयाबाट ना.४ख ८३३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ट्रकमा बिजविजक भन्दा धेरै औषधीसहितका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । ट्रकमा करिब एक करोड ३९ लाख मूल्य बराबरको सामान फेला परेको बताइएको छ ।

ट्रकलाई सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077