Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

९० लाख रुपैयाँको ‘अवैध’ चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा

काठमाडौं । पश्चिम नवलपरासीमा अवैध चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिइएको छ ।

जिल्लाको प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा–परासी राजमार्गबाट सशस्त्र प्रहरीले बुधबार करिब ९० लाख रुपैयाँबराबरको ८४० बोरा अवैध चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको हो ।

ना६ख २१९७ र लु१ख ९८७१ नम्बरको ट्रकमा लोड गरिराखेको उक्त चिनी र ट्रक बरामद गरिएको हो ।

बरामद गरिएको चिनी र ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077