Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मनसुन प्रणाली आजदेखि देशभर फैलियो

मनसुन प्रणाली आजदेखि देशभर फैलियो

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार औसत मितिभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको मनसुनलाई देशभर फैलिन १२ दिन लागेको हो।

विभागका अनुसार यस वर्षको मनसुन जुन १९ मा नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्दै पहिलो चरणमा कोशी प्रदेशका केही क्षेत्रमा सक्रिय भएको थियो।

त्यसपछि जुन २२ सम्म आइपुग्दा कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तार भएको थियो।

आजदेखि भने मनसुन देशका सबै प्रदेशमा फैलिएको विभागले जनाएको छ।

सामान्यतया नेपालमा मनसुन प्रत्येक वर्ष जुन १३ तारिखतिर पूर्वी नाकाबाट प्रवेश गर्ने र करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष मनसुन प्रवेश नै औसतभन्दा ६ दिन ढिलो भएको र देशव्यापी विस्तार हुन १२ दिन लागेकाले यसको गति सामान्यभन्दा सुस्त देखिएको विभागको विश्लेषण छ।

मनसुन देशभर सक्रिय भएसँगै आगामी दिनहरूमा अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077