Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २०८२ सालको मनसुन देशभरबाट पूर्ण रूपमा बहिर्गमन भएको पुष्टि गरेको हो।

विभागका अनुसार असोज २० गतेदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका पश्चिमी भू–भाग र गण्डकी प्रदेशका केही पश्चिमी क्षेत्रबाट मनसुन फिर्ता हुन सुरु भएको थियो। त्यसपछि क्रमशः देशका अन्य भागहरूबाट पनि मनसुन विस्तारै समाप्त हुँदै गएको विभागले जनाएको छ।

विभागले भनेको छ, “आज मिति २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ।”

यससँगै अब देशभर चिसो बढ्दै जाने, बिहान–साँझको तापक्रम घट्ने र सुक्खा मौसम सुरु हुने मौसमविद्हरूको भनाइ छ।

560429931_1814675646108179_5938383585817679768_n-1760100951.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077