काठमाडौं । नेपाल प्रहरीका ३५ जना प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा धिरेन्द्र थपलिया छन् । सिफारिसको अन्तिम सुचिमा राजु बाबु यादव छन् ।


