काठमाडौं । नेपाल प्रहरीका २३१ जना प्रहरी सहायक निरीक्षक प्रहरी नायव निरीक्षक पदमा बढुवाका सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २३१ जना असईहरूलाई सोही समूहको सई पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवाको पहिलो नम्बरमा बिद्या बस्नेत रहेकी छन् भने दोस्रोमा सुर्यबहादुर तामाङ, तेस्रोमा बिसुन देव यादव रहेका छन् ।