Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

इराकविरुद्ध सेनेगलको ५-० को सानदार जित

इराकविरुद्ध सेनेगलको ५-० को सानदार जित

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई जीवित राखेको छ ।

टोरोन्टो स्टेडियममा गएराति सम्पन्न खेलमा सेनेगलले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै इराकलाई दबाबमा राख्यो । खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।

इराकका लागि खेल झन् कठिन तब बन्यो, जब १३औँ मिनेटमा डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसपछि संख्यात्मक फाइदा उठाएको सेनेगलले लगातार आक्रमण गर्दै गोलको वर्षा गर्‍यो।

दोस्रो हाफमा इस्माइला सारले ५६औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि पापेले ५९औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको अग्रता ४–० मा पुर्‍याए। खेलको अन्तिमतिर इलमान न्डियाईले अर्को गोल थपेपछि सेनेगलले ५–० को एकपक्षीय जित सुनिश्चित गर्‍यो।

यस जितसँगै सेनेगल समूह ‘आई’ मा तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये एक बन्ने दौडमा कायम छ। अब अन्तिम ३२ मा स्थान बनाउन उसले अन्य समूहका तेस्रो स्थानमा रहने टोलीहरूको नतिजा कुर्नुपर्नेछ।

यता, लगातार तेस्रो हार बेहोरेको इराक भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘आई’ बाट फ्रान्स ९ अंकसहित शीर्ष स्थानमा तथा नर्वे ६ अंकसहित दोस्रो स्थानमा रहँदै यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077