Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

स्पेन समूह ‘एच’ को विजेता, विश्वकपबाट बाहिरियो उरुग्वे

स्पेन समूह ‘एच’ को विजेता, विश्वकपबाट बाहिरियो उरुग्वे

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

स्पेनको जितमा एलेक्स बेनाले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा त्यही एक गोल नै स्पेनलाई तीन अंक दिलाउन पर्याप्त बन्यो।

यसअघि स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गरेको थियो भने केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो। उरुग्वेमाथिको जितसँगै स्पेनले तीन खेलबाट ७ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थान सुरक्षित गर्‍यो।

उता, उरुग्वेले यसअघि साउदी अरेबियासँग १–१ र केपभर्डेसँग २–२ को बराबरी खेलेको थियो। स्पेनसँग पराजित भएपछि उरुग्वे २ अंकमै सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूहको अर्को खेलमा केपभर्डे र साउदी अरेबियाबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकियो। यससँगै दुवै टोलीले समान ३–३ अंक जोडेका छन्। गोलअन्तरका आधारमा केपभर्डे दोस्रो स्थानमा रहँदा साउदी अरेबिया तेस्रो स्थानमा झरेको छ।

केपभर्डेले स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो भने साउदीले स्पेनसँग हार, उरुग्वेसँग बराबरी र केपभर्डेसँग बराबरी खेलेको हो।

स्पेन समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्दा केपभर्डेले उपविजेताको रूपमा स्थान सुरक्षित गरेको छ। तेस्रो स्थानमा रहेको साउदी अरेबियाले भने उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये पर्न सके नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077