Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा चार किलोभन्दा बढी चरेस बरामद

कैलालीमा चार किलोभन्दा बढी चरेस बरामद

मंगलवार , पौष २९, २०८२

धनगढी । कैलालीमा लागुऔषधविरुद्ध गरिएको संयुक्त अपरेशनमा चार किलोभन्दा बढी चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा छापा मारेर चार किलो २४७ ग्राम चरेस, २७ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन, २२८ ट्याबलेट स्पास, २० ट्याबलेट नाइट्रोभेट र १० हजार रुपैयाँ नगद बरामद गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २८ वर्षीय हरिश बिष्ट, बझाङको केदारस्युँ गाउँपालिका–७ बस्ने ४५ वर्षीय जनकबहादुर धामी र कैलालीको गौरीगंगा नगरपालिका–१ लठैया बस्ने ४६ वर्षीय नन्दलाल उपाध्याय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077