Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित देशभरबाट २६ जना पक्राउ

लागुऔषधसहित देशभरबाट २६ जना पक्राउ

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । लागुऔषधसहित देशका विभिन्न स्थानबाट बुधबार र बिहीबार २६ जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमार्फत आएका एक भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट पाँच किलो गाँजासहित पक्राउ गरिएको हो। 

त्यसैगरी काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक जना, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना र पोखरा महानगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको छ। 

बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077