Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा खैरो हेरोइनसहित एकजना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित एकजना पक्राउ

शनिवार , कार्तिक २२, २०८२

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेका छन् ।

रानालाई शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077