Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी एकताका लागि हर्क साम्पाङले कुलमानलाई पठाए पत्र

पार्टी एकताका लागि हर्क साम्पाङले कुलमानलाई पठाए पत्र

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्।

प्रतिनिधि सभा सांसद समेत रहेका साम्पाङले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत श्रम संस्कृति पार्टीमा समाहित हुन घिसिङलाई बुधबार निमन्त्रणा पठाएको जानकारी  गराएका हुन्। 

'केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्नेरुरुरु यस्तो नि हुन्छ ? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो,' साम्पाङले फेसबुकमा लेखेका छन् ।

यसअघि उनेपाका अध्यक्ष घिसिङले पनि हर्क नेतृत्वको श्रम संस्कृति पार्टीसँग एकताका लागि गृहकार्य भइरहेको जानकारी दिएका थिए ।

यसअघि गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा ठुलो संख्यामा सिट जित्ने घोषणा गरेका घिसिङले काठमाडौं-३ बाट पराजित भएका थिए। उनको पार्टीले एउटै सिट जित्न सकेको थिएन्।

यसअघि स्वतन्त्र उठेर धरानको मेयरमा जितेर पदत्याग गरी संघीय निर्वाचनमा होमिएका साम्पाङले भने जित हासिल गरिसकेका छन् ।श्रम संस्कृति पार्टीले भने समानुपातिकतर्फ ४ र प्रत्यक्षतर्फ ३ सिटगरी जम्मा सात वटा सिट जितेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077