Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

नेपाल सरकारका विवादस्पद सचिव कृष्णहरि पुष्कर अनिवार्य अवकाशमा

नेपाल सरकारका विवादस्पद सचिव कृष्णहरि पुष्कर अनिवार्य अवकाशमा

बुधवार , आषाढ २४, २०८३

काठमाडौं। नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर कर्ण आजदेखि अनिवार्य अवकाशमा गएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत पुष्कर सचिव पदमा पाँच वर्षे पदावधि पूरा गरी आजदेखि अनिवार्य अवकाशमा गएका हुन्। 

पछिल्लो समय उनी मुख्यसचिवका सम्भावित दाबेदारमध्ये एकका रूपमा पनि हेरिएका थिए। तर हालका मुख्यसचिव सुमनराज अर्याल दुई दिनपछि अर्थात् असार २६ गतेदेखि मात्रै अनिवार्य अवकाशमा जाने भएकाले पुष्कर भने त्यसअघि नै अवकाशमा पुगेका हुन्। यससँगै उनको मुख्यसचिव बन्ने सम्भावना अवकाशसँगै समाप्त भएको छ। 

२०५३ माघ १७ गते जिल्ला विकास समिति कार्यालय, कालिकोटबाट नायब सुब्बा पदमा नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका पुष्करले थिए। 

त्यसयता करिब तीन दशक लामो निजामती सेवामा उनले विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । 

२०७८ असार २४ गते नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएका उनले राजस्व सचिव, अर्थ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय), तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (हाल युवा, श्रम तथा रोजगार मन्त्रालय) तथा उपराष्ट्रपतिको कार्यालयमा कार्यसम्पादन गरेका थिए।

यद्यपी अवकाशको उत्तरार्धमा प्रधानमन्त्री वालेन्द्र शाह 'वालेन'लाई एसएमएस गरेको विषयले उनी निकै चर्चामा समेत आएका थिए ।

मुख्यसचिव बन्ने सम्भावना टरेपछि पुष्करले प्रधानमन्त्री शाहलाई सिधै ‘मुख्य सचिवको सम्भावना सकियो, अब राजदूत बनाइदिनुस्’ भन्दै म्यासेज पठाएका थिए। बहालवाला उच्च सरकारी अधिकारीले नै मर्यादा विपरीत नियुक्तिका लागि प्रधानमन्त्रीलाई दबाबमूलक म्यासेज पठाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई नियन्त्रणमा लिएर केरकार गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077