Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना विवादमा, फिफाले कारबाही गर्ने जोखिम !

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना विवादमा, फिफाले कारबाही गर्ने जोखिम !

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना जितको उत्सवकै बीच नयाँ विवादमा तानिएको छ ।

खेलपछि अर्जेन्टिनी खेलाडीहरूले मैदानमा प्रदर्शन गरेको राजनीतिक सन्देशयुक्त ब्यानरका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना रहेको छ । 

खेल सकिएलगत्तै अर्जेन्टिनाका खेलाडीहरूले प्रदर्शन गरेको ब्यानरमा “माल्भिनास (फकल्याण्ड टापु) अर्जेन्टिनाकै हो” भन्ने सन्देश लेखिएको थियो। फिफाले यसलाई खेल मैदानमा निषेध गरिएको राजनीतिक अभिव्यक्तिका रूपमा लिन सक्ने बताइएको छ।

फकल्याण्ड (माल्भिनास) टापु दक्षिण एटलान्टिक महासागरमा अवस्थित छ र हाल बेलायतको नियन्त्रणमा छ। तर अर्जेन्टिनाले यस टापुमाथि आफ्नो सार्वभौमिक दाबी गर्दै ‘माल्भिनास’ नाम प्रयोग गर्दै आएको छ।

यही विवादका कारण सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच युद्ध समेत भएको थियो, जसले यो विषयलाई आजसम्म संवेदनशील बनाइरहेको छ।

फिफा तथा इन्टरनेशनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) का नियमअनुसार खेल मैदान, खेलाडीको पोशाक वा अन्य माध्यमबाट कुनै पनि प्रकारका राजनीतिक नारा, सन्देश वा प्रतीक प्रदर्शन गर्न प्रतिबन्ध छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077