Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

गोल्डेन बुट दौडमा एमबाप्पेलाई उछिन्दै मेसी अगाडि

गोल्डेन बुट दौडमा एमबाप्पेलाई उछिन्दै मेसी अगाडि

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकपको ‘गोल्डेन बुट’ जित्ने दौडमा शीर्ष स्थानमा उक्लिएका छन् ।

बिहीबार बिहान अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डमाथि अर्जेन्टिनाले २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दा ३९ वर्षीय मेसीले दुवै गोलमा असिस्ट गर्दै आफ्नो दाबेदारी थप बलियो बनाएका हुन् ।

इंग्ल्याण्डविरुद्ध गोल गर्न नसके पनि दुई असिस्ट थपेपछि मेसीले फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारेका छन्।

हालसम्म दुवैले प्रतियोगितामा ७ खेलबाट समान ८–८ गोल गरेका छन् । तर फिफाको गोल्डेन बुट नियमअनुसार गोल संख्या बराबर भए असिस्ट संख्या निर्णायक मानिने भएकाले ४ असिस्ट गरेका मेसी शीर्ष स्थानमा पुगेका हुन्। एमबाप्पेको नाममा भने ३ असिस्ट मात्रै छ।

फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भइसकेकाले एमबाप्पेका लागि अब इंग्ल्याण्डविरुद्धको तेस्रो स्थानको खेल मात्रै बाँकी छ। उक्त खेलमा उनले गोल वा असिस्ट थपेमा मेसीमाथि दबाब सिर्जना गर्न सक्नेछन् । यद्यपि, मेसीसँग अझै स्पेनविरुद्धको फाइनल खेल बाँकी रहेकाले उनले आफ्नो अग्रता अझ मजबुत बनाउन सक्ने सम्भावना छ ।

यता गोल्डेन बुटको दौडमा रहेका अन्य प्रतिस्पर्धी भने बाहिरिइसकेका छन् । ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् भने ६–६ गोल गरेका इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङघमको यात्रा पनि सेमिफाइनलमै टुंगिएको छ। ५ गोल गरेका फ्रान्सका उसमान डेम्बेले पनि अब प्रतिस्पर्धामा छैनन्। अबको फाइनलले विश्वकपको उपाधिसँगै गोल्डेन बुट विजेताको टुंगो पनि लगाउनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077