Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं। फिफा विश्वकप २०२६ मा अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना उपाधि नजिक पुगेको हो।

एक गोलले पछि परेको अर्जेन्टिनाले शानदार पुनरागमन गरेको थियो । खेलको ६५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो।

८५ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै २–१ को जितसहित अर्जेन्टिनालाई फाइनलमा पुर्याए।

अर्जेन्टिनाका लागि दुबै गोल क्याप्टेन लियोनल मेस्सिले असिस्ट गरेका हुन् । 

एक गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गर्‍यो । 

खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै रोकिन पुग्यो।

८५औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा फर्नान्डेलले डिबक्सबाहिरबाट गरेको प्रहार गोल हुँदा अर्जेन्टिना खेलमा फर्कियो ।

दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेस्सीकै पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए ।

अर्जेन्टिनाको ५ प्रहार सर्ट अन टार्गेट हुँदा इंग्ल्यान्डले २ प्रहार मात्र सर्ट अन टार्गेट राख्न सक्यो । बल पोजिसनमा पनि अर्जेन्टिना अघि रह्यो । खेलभर २६ वटा फाउल हुन पुग्यो ।

सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रोपटक पराजित भएको छ ।

३ पटकको विश्वविजेता अर्जेन्टिना सातौंपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ ।

अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ भने इंग्ल्यान्डले फान्सँग खेल्नेछ । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077