Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

महिला यू–१९ प्रिमियर कपमा युएईले नेपाललाई १०१ रनको सामान्य लक्ष्य

महिला यू–१९ प्रिमियर कपमा युएईले नेपाललाई १०१ रनको सामान्य लक्ष्य

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । यूएईले एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालसमक्ष १०१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटियो। नेपाली बलरको कसिलो प्रदर्शनका कारण युएईले सुरुदेखि नै दबाब झेल्नुपरेको थियो।

१७ रनमै तीन विकेट गुमाएको युएईले कुनै पनि समयमा ठूलो साझेदारी बनाउन सकेन। मेहुल प्रनभ कुलकर्नीले सर्वाधिक ३० रन बनाइन् भने लाभान्या केनीले २५ र नेहा कुमारी १९ रनमा अविजित रहिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि रिया शर्मा र अनु कडायतले समान तीन–तीन विकेट लिए। रियाले ३.५ ओभरमा मात्र ८ रन खर्चिएर तीन विकेट लिँदा अनुले ४ ओभरमा २२ रन दिएर तीन विकेट झारिन्। तृष्णा विश्वकर्माले दुई तथा मनिषा उपाध्यायले एक विकेट हात पारिन्।

नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको हो। समूह विजेता बनेर क्वाटरफाइनल पुगेको नेपालले जापानलाई ९ विकेटले हराउँदै यू–१९ महिला एसिया कपमा समेत स्थान सुरक्षित गरिसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077