Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यु–१९ प्रिमियर फाइनल: नेपालले टस जितेर फिल्डिङ गर्दै

एसीसी यु–१९ प्रिमियर फाइनल: नेपालले टस जितेर फिल्डिङ गर्दै

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान अशोक धामीले टस जितेर आयोजक यूएईलाई बेटिङको निम्तो दिएको हो ।

प्रतियोगितामा अपराजित रहँदै आएको नेपालले सेमिफाइनलमा मलेसियालाई जितेर फाइनलमा स्थान बनाएको थियो । यस्तै यूएई ओमानलाई सेमिफाइनलमा ८ विकेटले हराएर फाइनलमा पुगेको थियो । आजको म्याचमा नेपालले सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बाहिर राखेको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान अशोक सहित निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री, र निरज यादव रहेका छन् ।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यु–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077