Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यु–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी यु–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र आयोजक यूएई भिड्दै छन् ।

खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ ।

फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077