Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू-१९ प्रिमियर कप: उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य

यू-१९ प्रिमियर कप: उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य

सोमवार , मंसिर १५, २०८२

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ ।

घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८ रनको लक्ष्य दिएको हो।

नेपालका मण्डलले ६ विकेट लिँदै यूएईको ब्याटिङ अडरलाई धराशायी बनाए। ६.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए।

अपराजित पौडेलले २ विकेट लिँदा नीतेशकुमार पटेल र अशोक धामीको नाममा समान १-१ विकेट रह्यो।

यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। १२६ बल खेलेका उनले ६ चौका प्रहार गरे। नुरउल्लाह अयोबी २६ र अयान मिस्बाह ११ रनमा आउट भए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077