Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू-१९ प्रिमियर कप : हङकङविरुद्ध नेपाल शानदार जित

एसीसी यू-१९ प्रिमियर कप : हङकङविरुद्ध नेपाल शानदार जित

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

जितका लागि २७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । हङकङका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।

यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे ।

यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २र२ विकेट हात पारे । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए ।

नेपालले यसअघि पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो । १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077