Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

दुर्गेश र प्रियंकाको विवादित गीतविरूद्ध सञ्चार मन्त्रालयमा उजुरी

दुर्गेश र प्रियंकाको विवादित गीतविरूद्ध सञ्चार मन्त्रालयमा उजुरी

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । दुर्गेश थापाको ‘मास्टर्नी’ बोलको गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ ।

आज तनहुँको ब्यास नगरपालिका– ११ को बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखित रुपमै निवेदन दिएका हुन् ।

निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द र तस्विर प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ ।

nibe.jpg

यसअघि नेपाल शिक्षक महासंघले उक्त गीतलाई तुरून्त बन्द गर्न माग गरेको थियाे ।

‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै शिक्षक महासंघले उक्त गीतलाई चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ ।

sis.jpg

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्तरूपमा जारी विज्ञप्तीमा भनिएको छ–‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको नेपाली चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक गीतले शिक्षक र गणित पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ । त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकार नै जिम्मेवार हुने कुरामा सचेत गराउँछौं ।’

५ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ ले प्रचारात्मक सामाग्रीका रूपमा गत मंगलबार सार्वजनिक गरिएको उक्त गीतलाई जनस्तरबाट समेत अधिकांशले ‘दुईअर्थी लाग्ने छाडा’ भनेका छन् । 

तर, फिल्मकी निर्माता तथा कलाकारसमेत रहेकी प्रियंका कार्कीले भने उक्त गीतलाई केवल मनोरन्जनका लागि मात्र लिईदिन आग्रह गरेकी छन् ।

दुर्गेश थापाको शब्द, संगीत रहेको उक्त गीतमा स्वर पनि थापाकै रहेको छ । उनले बबिना किराँतीसँग युगल गाएका हुन् । त्यसैगरी, गीतमा प्रियंका कार्की, दुर्गेश थापासहित आर्यन सिग्देल, आयुष्मान जोशीले अभिनय गरेका छन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077