Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

अभिनेत्री दीपाश्रीलाई ब्रेन ट्यूमर, अन्नपूर्ण न्यूरोमा सफल शल्यक्रिया

अभिनेत्री दीपाश्रीलाई ब्रेन ट्यूमर, अन्नपूर्ण न्यूरोमा सफल शल्यक्रिया

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ ।

करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् ।

ब्रेन ट्युमरको समस्या देखिएपछि उनी गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी थिइन्। वरिष्ठ न्यूरोसर्जन वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरिएको छ।

निरौलाका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएका छन्। 

उनका अनुसार निरौलालाई अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको छ।

अस्पतालका अनुसार दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ भने उनी करिब एक सातापछि डिस्चार्ज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077