Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

जब सिउँदो भरेर दीपकराज गिरीसँग चन्द्रागिरि पुगिन् दीपाश्री

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको भरिएको सिउँदो देखिएपछि उनी यतिबेला भाइरल बनेकी छन् ।

दीपकराज गिरीसँग चन्द्रागिरि पुगेकी दीपाश्रीसँगको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका थिए ।

उक्त टिकटक पोस्टमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ । यो टिकटक भिडियो भाइरल बनिरहेको छ ।

खासमा दीपक-दीपा छायांकन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि चन्द्रागिरि उक्लिएका थिए । भालेश्वरका पुजारीको टिकटक भिडियोमा दीपक-दीपा दुवै जना पात्र लुक्स र लवजमा प्रस्तुत भएका छन् ।

दीपकले फिल्मको पात्र राजाकै लवजमा बोलेका छन् भने दीपाश्रीको त्यो क्यारेक्टर लुक्स हो । दीपक-दीपासहितको टोली भालेश्वर पुगेर फिल्म सुटिङ गरिसकेको छ । निर्माता निर्मल शर्मा पनि दीपक(दीपासँगै भालेश्वर पुगेका थिए ।

भालेश्वरका पुजारी न्यौपानेले चन्द्रागिरि पुग्ने सेलिब्रिटीसँग टिकटक भिडियो बनाइरहन्छन् । फिल्म ‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077