Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै दीपकराज गिरीले खुलाए ३० बर्षअघिको सम्बन्ध

काठमाडौँ । नेपाली हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिनमा हाँस्य कलाकार दीपकराज गिरीले ३० बर्ष अगाडिको कुराको स्मरण गरेका छन्।

रिल लाइफका सहयात्री कलाकार तथा निर्माता गिरीले दीपाको जन्मदिनमा बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन् । उनले दीपालाई शुभकामना दिँदै ३० वर्ष अगाडिको कुरा समेत खोलेका छन् ।

गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै दीपासँगको ३० वर्ष अगाडिका कुरा खोलेका हुन् । उनले स्टाटसमा दीपाश्रीसँगको काम र संघर्ष उल्लेख कुरा समेत उल्लेख गर्दै उनी आफ्नो जीवनको सबैभन्दा माथिको साथी भएको बताएका छन् ।


दीपालाई सञ्जालमार्फ़त  दीपालाई जन्मदिनको शुभकामना दिनेको बिहानैदेखि ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077