Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सरकारलक्षित अभिनेत्री केकी अधिकारीको कटाक्ष - सस्तो स्टन्टले देश बन्दैन

सरकारलक्षित अभिनेत्री केकी अधिकारीको कटाक्ष - सस्तो स्टन्टले देश बन्दैन

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । चर्चित अभिनेत्री केकी अधिकारीले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देखावटी स्टन्ट र प्रचारबाजीभन्दा जनताका लागि रोजगारी सिर्जना गर्न सरकार केन्द्रित हुनुपर्ने बताएकी छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अधिकारीले सरकारको प्राथमिकता प्रचारमुखी गतिविधि नभई रोजगारी, परिणाममुखी काम र जनताको जीवनस्तर सुधार हुनुपर्ने उल्लेख गरेकी हुन् ।

उनले सरकारले दैनिक रूपमा कति रोजगारी सिर्जना गर्‍यो र कति नागरिकले रोजगारी पाए भन्ने विवरण सार्वजनिक गर्न चुनौती दिँदै अब जनताले सरकारसँग प्रत्यक्ष जवाफ माग्ने समय आएको बताएकी छन्।

“हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ?अब जनताले सोध्ने दिन आए। खै, रोजगारीको प्रत्येक दिनको उपलब्धिको सूची राखौँ बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला, जनताको निराशा पनि पक्कै हटेर जाला,” उनले फेसबुकमा लेखेकी छन्।

अधिकारीले सस्तो स्टन्टबाजीले देश नबन्ने उल्लेख गर्दै वास्तविक उपलब्धि, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाहमार्फत मात्र जनताको विश्वास जित्न सकिने धारणा व्यक्त गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077