Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

अभिनेत्री केकी अधिकारीले गरिन् बिहे

काठमाडौैं । अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिएकी छन् । अधिकारीले व्यवसायी रोहित तिवारीसँग विहे गरेकी हुन् ।

बुधबार मेहन्दी उत्सव मनाएका यी जोडीले बिहीबार लगन कसेका हुन्। अभिनेत्री अधिकारीले विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु गरेको बताइन् ।

उनले फेसबुकमा लेखेकी छन्-'आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु।

जीवनको नया अध्याय सुरू गर्दैगर्दा म र मेरो जीववन साथीले उपहार स्वरूव यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077