Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सारुकको आत्महत्यापछि केकी भन्छिन् - फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं

काठमाडौं । अभिनेत्री केकी अधिकारीले फिल्मको योजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भएको बताएकी छन्।

बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्ने र यसबारे बेलैमा गम्भीर हुनुपर्नेतर्फ सचेत गराएकी हुन् ।

उनले लेखेकी छन्, 'हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ। सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं।’

केकीको यस प्रस्तावमा अन्य कलाकार, निर्माता, निर्देशक र समीक्षकले पनि समर्थन जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077