Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

चक्रपथमा पाँच सवारीसाधन एकसाथ ठोक्किए, १० जना घाइते

चक्रपथमा पाँच सवारीसाधन एकसाथ ठोक्किए, १० जना घाइते

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं। महाराजगञ्जस्थित चक्रपथमा पाँच सवारीसाधन एक साथ ठोक्किएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो तीन वटा मोटरसाईकल एउटा ट्याक्सी र एउटा कार एकसाथ ठोक्किएका हुन् । 

सुकेधाराबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको भारतीय नम्बर बीआर–०६ डीडी ६०६३ को कार र विपरीत दिशाबाट आउँदै गरेको बा।२ ज ३५७८ नम्बरको ट्याक्सी एकापसमा ठोक्किएका थिए।

त्यसपछि सुकेधारातर्फ जाँदै गरेका तीन वटा मोटरसाइकल पनि दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी बागमती प्रदेश–०२–०६८ प १०५६, बा.७३ प ३७२३ र लु.११ प ४९७५ नम्बरका मोटरसाइकलसमेत क्षतिग्रस्त भएका छन्।

उक्त दुर्घटनामा परि १० जना घाइते पनि भएका छन्। घाइते हुनेमा ट्याक्सी चालक ४१ वर्षीय ऊर्जा लामा, सर्लाहीका ३४ वर्षीय बिक्की साह, ५७ वर्षीया विष्णुमाया खापुङ,  ६५ वर्षीया कुन्तीमाया लिम्बु, १८ वर्षीय नियोजित साह रहेका छन् ।

यस्तै २६ वर्षीया पार्वती तामाङ, २२ वर्षीय जीवन राना, २५ वर्षीय विनोद थापामगर, बाँकेकी १५ वर्षीया शिवानी शाही र १० वर्षीय सुशान्त शाही रहेका छन्। सबै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077