Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापामा कार र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

झापामा कार र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

शनिवार , फाल्गुण १६, २०८२

झापा । बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुलनजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए ।

पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

खड्काका अनुसार, मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । 

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077