Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

आइतवार , बैशाख १३, २०८३

बुटवल । कपिलवस्तुमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । दुर्घटना हुलाकी सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवा क्षेत्रमा भएको हो ।

प्रहरीका अनुसार बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको हो ।

दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

त्यसैगरी दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्कार्पियोको तीव्र गति र अनियन्त्रित अवस्थाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077