Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंसिरमा मापसे गरी सवारी चलाउँदा ६ जनाको मृत्यु, २२५ दुर्घटनामा २९५ घाइते

मंसिरमा मापसे गरी सवारी चलाउँदा ६ जनाको मृत्यु, २२५ दुर्घटनामा २९५ घाइते

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । आर्थिक वर्षको मंसिर महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदा देशभर ६ जनाले ज्यान गुमाएका छन् भने २९५ जना घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनाभर मापसेका कारण कुल २२५ वटा सवारी दुर्घटना भएका हुन् । जसमा ६ जनाले ज्यान गुमाएका छन् भने २९५ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेशगत विवरणअनुसार उपत्यका, लुम्बिनी, कोशी र बागमती प्रदेशमा मापसेजन्य दुर्घटनाको संख्या बढी देखिएको छ । उपत्यकामा ४८ सवारी दुर्घटनामा एकको मृत्यु र ५५ घाइते भएका छन् ।

यस्तै कोशीमा ४३ सवारी दुर्घटनामा ५७ घाइते, मधेशमा २८ सवारी दुर्घटनामा ३९ घाइते, बागमतीमा १० सवारी दुर्घटनामा १४ घायते, गण्डकीमा ३ सवारी दुर्घटनामा २ को मृत्यु र ३ घाइते, लुम्बिनीमा ८० सवारी दुर्घटनामा ३ को मृत्यु र १०७ घाइते, कर्णालमा ७ दुर्घटनामा १० घाइते र सुदूरपश्चिममा ६ सवारी दुर्घटनामा १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मापसे परीक्षण, सवारी चेकजाँच र कारबाहीलाई अझ कडा बनाइए पनि चालकहरूको लापरबाहीका कारण दुर्घटना नियन्त्रणमा चुनौती देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077