Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, ७ वर्षपछि पाण्डेको 'कमब्याक' !

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, ७ वर्षपछि पाण्डेको 'कमब्याक' !

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित आगामी सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ ।

घोषित टोलीमा सबैभन्दा चर्चित नाम इशान पाण्डेको रहेको छ । उनले करिब सात वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

इशानले यसअघि सन् २०१९ मा जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए, जहाँ उनले ८ बलमा ४ रन बनाएका थिए । यद्यपि, उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने खेलेका छैनन् ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका इशानले नेपाल ‘ए’ टोलीबाट अमेरिका र स्कटल्याण्डविरुद्ध पनि प्रभावशाली खेल देखाएपछि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

प्रतियोगिता मे १२ देखि २२ सम्म टियु क्रिकेट मैदान मा सञ्चालन हुनेछ । यसअघि ओमान र यूएईविरुद्धको सिरिजमा नेपालले चार खेलमध्ये तीन खेल जित्दै उत्साहजनक प्रदर्शन गरेको थियो ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077