काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आजको खेलमा अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाका कप्तान साइतेजा मुकामालाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो ।
अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । हाल नेपाल तालिकाको पाँचौँ स्थानमा छ । नेपालले २७ खेल खेल्दा १० जितसहित २२ अंक जोडेको छ ।
घरेलु टोलीको दुई खेल भने रद्द भएको थियो । यता, अमेरिका भने पहिलो खेलको बदला लिँदै तालिकामा अंक दुरी बढाउने लक्ष्यमा हुनेछ ।