Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत सातौँ शृंखलाको पहिलो खेलमा आज स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा स्कटल्यान्डका कप्तानरिची बेरिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

घरेलु मैदानमा खेलिरहेको नेपाल भने सुरुआती दबाब सिर्जना गर्दै विजयी शुरुआत गर्ने लक्ष्यमा मैदान उत्रिएको छ ।

दुवै टोलीबीचको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ ।

हालसम्म नेपाल र स्कटल्यान्डबीच १० ओडीआई खेल हुँदा नेपालले पाँच खेल जितेको छ भने स्कटल्यान्डले चार खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077