Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

कांग्रेसको अपिल - बालबालिकालाई पार्टी सदस्य नबनाऔं, पढ्न दिऊँ/खेल्न दिऊँ

कांग्रेसको अपिल - बालबालिकालाई पार्टी सदस्य नबनाऔं, पढ्न दिऊँ/खेल्न दिऊँ

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । नेपाली कांग्रेसको बाल अधिकार उपसमितिको बालबालिकालाई पार्टी सदस्य नबनाउन अपिल गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको उपसमितिका संयोजक उमंग लोहनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै बालबालिकालाई पार्टी सदस्य नबनाउन अपिल गरेका हुन् । 

 

'बालापन नखोसौं, पढ्न दिऊँ/खेल्न दिऊँ, बालबालिकालाई पार्टी सदस्य नबनाऔं,' उनीद्वारा जारी सार्वजनिक अपिलमा भनिएको छ ।

पार्टी सदस्य संख्या धेरै देखाउने अर्थहीन होड नगर्न पनि उपसमितिले अपिल गरेको छ । 'पार्टी सदस्य संख्या धेरै देखाउने अर्थहीन होड गरेर एकातर्फ बालबालिकाको बालापन खोस्ने, अर्कातर्फ कानुन र संविधान विपरीत कार्य गर्ने गलत प्रवृत्ति देशभर कही पनि प्रस्तुत हुन नदिन नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तर्फबाट पार्टीको सबै तहलाई सार्वजनिक रूपले आह्वान गरिन्छ,' अपिलमा भनिएको छ ।

IMG_6419.jpeg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077