Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक

बुधवार , आषाढ १०, २०८३

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ।

पछिल्लो कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यतासम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ। 

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको हो । 

यसैगरी, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने नेपाली कांग्रेसले जनाएको छ । 

यस्तै, नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत असार २० गतेभित्र टुंगो लगाउने भएको छ । 

अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने कांग्रेसले जनाएको छ ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077