काठमाडौं । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै प्रश्न उठाएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख थुनिएको विषय उठाएका हुन् ।
प्रधानमन्त्री कार्यालयमै थुनेर त्यहीँबाटै पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे पनि सरकारको जवाफ माग गरेका छन् ।
'अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर, प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने भन्ने कुरा बाहिर आएको छ । यसको सत्य तथ्य छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्छ । होइन भने सदनलाई जानकारी गराउनुपर्छ,' उनले भने ।
उक्त विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले नै सदनमा आएर जानकारी गराउनुपर्ने उनको माग छ ।
यदी प्रधानमन्त्रीले प्रष्ट नपारेको खण्डमा छानबिन समिति बनाउन उनको माग छ ।